+
+
Shares

‘एनपी’ डोमेनको सर्भरमा पनि साइबर हमला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १४:०४

३ वैशाख, काठमाडौं । नेपालका विभिन्न वेबपेज र डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाउँदै आएको ह्याकरले एनपी डोमेनमा पनि साइबर हमला गरेको छ । मर्कन्टाइल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दै आएको एनपी सर्भरमा ह्याकरले पुहँच स्थापित गरेको हो ।

फुडमान्डु र भायनेटका ग्राहकको व्यक्तिगत विवरण बाहिर ल्याएको ह्याकरले नै एनपी डोमेनमा पहुँच बनाएको अनुमान छ । टि्वटरमा सतान नाममा रहेको ह्यान्डलले एनपी डोमेनमा सुरक्षा कमजोरी रहेको औंल्याइएको थियो । त्यसलगत्तै ह्याकरले एनपीको सर्भरमा आक्रमण गरेर पहुँच बनाएको कम्पनीले जनााएको छ ।

‘यो विषयमा हामीले अध्ययन थालेका छौं । हाल एनपी डोमेनमा कुनै समस्या भएको छैन । तर पनि यो विषयलाई गम्भीर रुपमा लिएका छौं ,’ वज्ञप्तिमा भनिएको छ, ‘यो प्रारम्भिक चरण भएकाले अरु कुनै अवस्था आए हामी ग्राहकलाई सूचना दिने छौं ।’
कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार सोमबार राती १० बजरे ३७ मिनेटमा कम्पनीको सुरक्षा प्रणालीमा हमलाको प्रयास भएको थियो ।  कम्पनीले हमलाबाट बच्न थप सुरक्षा प्रणाली प्रयोग गर्न लागिएको बताएको छ । त्यसकै लागि अहिले एनपी डोमेरमा नयाँ वेबसइट दर्ता गर्न बन्द गरिएको जानकारी दिइएको छ ।

ह्याकरलाई सर्भरबाट कुनै सेक्युुरेटीसम्बद्ध डाटा चोरी गरेको भए त्यसलाई सार्वजनिक नगर्न कम्पनीले आग्रह गरेको छ । मर्कन्टाइलले सिस्टममा थप क्षति नगर्न अनुरोध पनि गरेको छ ।  २५ वर्षदेखि एनपी डोमेनको व्यवस्थापन गर्दै आएको कम्पनीले हाल हाल ८३ हजार व्यक्तिगत तथा व्यावसायिक कम्पनी सेवा दिइरहेको छ ।

सभर्रमा पहुँच बनाएपछि ह्यकरले ट्वीटरमा दिएको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?