Comments Add Comment

कामपा–१० मा बिहान ५ घण्टामात्रै पसल खुल्ने

लकडाउन प्रभावकारी बनाउनेबारे आयोजित छलफलमा सहभागी जनप्रतिनिधिहरू ।

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब बिहान ४ बजेदेखि ५ घण्टामात्रै पसल खुल्ने भएका छन् ।

यसअघि पसल सञ्चालनबारे कुनै निर्णय नगरेको वडा कार्यालयले लकडाउन उल्लंघनका घटना बढेपछि अत्यावश्यकबाहेकका पसल सञ्चालनमा कडाइ गरेको हो ।

कामनपा–१० वडा कार्यालयका अनुसार, बुधबारदेखि यो क्षेत्रका पसल बिहान ४ बजेदेखि ९ बजेसम्म ५ घण्टामात्रै खुल्नेछन् ।

वडा कार्यालयले पसल खुल्ने ५ घण्टामा किनमेल गर्न आग्रह गर्दै लकडाउनमा सघाउन सबैमा आग्रह गरेको छ ।

कार्यालयले विदेशबाट आएका व्यक्तिबारे जानकारी भए उपलब्ध गराउन भने वडाबासीमा अनुरोध गरेको छ ।

कामनपा–१० मा बानेश्वर, शंखमूल, बिजुलीबजारलगायतका क्षेत्र पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment