Comments Add Comment

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

२ वैशाख, काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा दोस्रो संक्रमण देखिए लगतै सरकारले चैत ११ देखि १८ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसयता दुई पटक ८/८ दिन लकडाउन थप भयो । पछिल्लो पटक लम्ब्याइएको अवधि भोलि ३ गतेसम्म कायम छ ।

त्यसको अघिल्लो दिन सरकारले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो । ‘कोरोना भइरसको संक्रमण फैलने सम्भावना कायम रहेकाले वैशाख १५ गते मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन् ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । ‘नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिइएको छ ‘ मन्त्री खतिवडाले भने ।

सीमा नाकामा थप कडाइ 

मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको एक मन्त्रीले बताए ।

नकाअनुसार भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको छ । उनले भने ‘अहिलेको अवस्थामा हामीलाई सबैभन्दा ठूलो खतरा भारतबाट आउनेहरुबाटै देखियो ।सीमा नाका वैशाख १८ सम्म बन्द गर्ने भनिएको छ तर त्यो भनेको भारत सामान्य अवस्थामा नपुगेसम्म जारी रहन्छ ।’

सीमा नाबाट लुकिछिपी कसैलाई पनि आवतजावत गर्न नदिन थप शक्ति परिचालन गरिने उनले बताए ।

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment