+
+
Shares

छिमेकीसँगको सम्बन्धलाई राजनीतिक लाभको औजार बनाउने अभ्यास नै विगतको बोझ हो : मन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए ।
  • भारत भ्रमणमा दिएको ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति आन्तरिक ध्रुवीकरण र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुने अर्थमा भएको उनले स्पष्ट पारे ।
  • खनालले छिमेकी र मित्रराष्ट्रसँग पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा सम्बन्ध रूपान्तरण गर्न सरकार चाहेको बताए ।

३० भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।

भारत भ्रमणका क्रममा आफूले द्विपक्षीय वार्तामा व्यक्त गरेको ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको उनले बताए ।

‘ओल्ड ब्यागेज’ भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित छैन,’ उनले भनेका छन् ।

उक्त अभिव्यक्तिलाई राज्य र सरकारको निरन्तरता तथा राज्यको विरासतविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने धारणा उनको थियो ।

‘छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने गलत अभ्यास नै विगतको ‘बोझ’ भएको भन्दै उहाले त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ, भन्ने स्पष्ट सन्देश दिन खोजेको हो,’ परराष्ट्रमन्त्री खनालले भने ।

बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिनुभएको सन्दर्भमा प्रश्न गरेकी थिइन् ।

त्यस्तै मन्त्री खनालले वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशा दिन चाहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?