+
+
Shares

मलेसियाका समकक्षीसँग परराष्ट्रमन्त्री खनालले गरे टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ।
  • हसनले बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।
  • हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया तयार रहेको बताएका थिए।
  • खनालले मलेसियाको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि जारी प्रयासबारे जानकारी गराएका थिए।

१५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार  टेलिफोन वार्ता भएको छ ।

मलेसियाका परराष्ट्रमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको उनको सचिवालयले जानकारी गराएको छ ।

वार्ताका क्रममा मलेसियाका परराष्ट्रमन्त्री हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया तयार रहेको बताएका थिए ।

वार्तामा परराष्ट्रमन्त्री खनालले मलेसियाले व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । विपद्पछिको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको खनालले बताएका थिए ।

मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौंस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिए ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?