+
+
Shares

मलेसियामा पुरुषमाथि हुने यौन दुर्व्यवहार बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २१:१८

मलेसियामा पुरुष पीडित भएका याैन दुर्व्यवहारका उजुरी तीव्र रूपमा बढिरहेका छन्। सन् २०२४ यता महिला, परिवार तथा सामाजिक विकास मन्त्रालयका उजुरीहरूमा एक हजारभन्दा बढी यस्ता पुरुष पीडित रहेका उजुरी दर्ता भएका छन्।

महिला, परिवार तथा सामाजिक विकास मन्त्री दातोक श्री न्यान्सी सुक्रीले यो जानकारी दिएकी हुन्। उनका अनुसार बढ्दो उजुरीको यो सङ्ख्या मलेसिया प्रहरीको तथ्याङ्कसँग पनि मिल्दोजुल्दो छ। यसले देशव्यापी रूपमा चलाइएका सचेतना अभियानहरू सफल भएको देखाउँछ। यी अभियानहरूले पीडितहरूलाई अगाडि आउन प्रोत्साहन गरेका छन् ।

उनले पुरुष पीडित भएका उजुरीहरूमा अनावश्यक शारीरिक सम्पर्क र सहमतिबिना जथाभाबी छुने जस्ता घटनाहरू पर्ने बताइन्।

मन्त्री न्यान्सीका अनुसार उजुरीको सङ्ख्या बढ्नुको अर्थ पीडितहरू आफ्ना अधिकारप्रति सचेत भएकाे र अब चुप लागेर नबस्ने देखिएका रुपमा परिभाषित गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?