News Summary
Generated by OK AI. Editorially reviewed.- माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालप्रति गहिरो दुःख र ऐक्यबद्धता व्यक्त गरे।
- परराष्ट्रमन्त्री शिशिर खनालले कठिन परिस्थितिमा नेपालप्रति समर्थन जनाउनुभएकोमा माल्दिभ्स सरकार र जनताप्रति आभार व्यक्त गरे।
- दुवै मन्त्रीले जलवायु जोखिम, जलवायु न्याय र प्रभावकारी जलवायु कार्यका लागि सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
२२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको छ ।
वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् ।
विपद्को यस दु:खद् घडीमा उनले नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा माल्दिभ्स सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरे ।
टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गरेका थिए ।
क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त भएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4