Comments Add Comment

गोरखा आरुघाटका युवकमा कोरोना संक्रमण देखिएन

३ वैशाख, काठमाडौं । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

मंगलबार आरुघाट गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा आरुघाट गाउँपालिका ५ का ३१ वर्षका एक युवकमा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई गाउँमा क्वारेन्टाइनमा राखिएको थियो । उनी गत फागुन २२ गते बहराइनबाट फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment