Comments Add Comment

अमेरिकामा दुई करोड १० लाख जनाले रोजगारी गुमाए

४ वैशाख, काठमाडौं । पछिल्लो चार सातामा अमेरिकामा दुई करोड १० लाख मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

अमेरिकाको श्रम मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार ११ अप्रिलसम्मको एक सातामा अमेरिकामा थप ५२ लाख ५० हजार मानिसले नयाँ बेरोजगारी सुविधाको लागि निवेदन दिएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेसँगै अमेरिकामा व्यवसायहरु भन्द भएसँगै बेरोजगारी सुविधा दाबी गर्नेको संख्या पनि बढेको हो । अघिल्लो साता अमेरिकामा ६६ लाख नयाँ आवेदन आएको थियो ।

अहिले अमेरिकामा अधिकांश मानिस लकडाउनमा छन् । यससँगै अमेरिकाका धेरै ठूला र साना व्यवसायहरुले कर्मचारी कटौती गरेका छन् । यो महिना अमेरिकामा बेरोजगारी २० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) का करिब ६ लाख ४० हजार संक्रमित देखिएका छन् भने ३० हजार नौ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment