+
+
Shares

हेटौंडामा र्‍यापिड टेस्टमा ४ जनामा कोरोना एन्टीबडी पोजेटिभ

राजन दाहाल राजन दाहाल
२०७७ वैशाख ४ गते १९:३६

४ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको एन्टीबडी पोजेटिभ देखिएको हो ।

भारत विहार घर भई हेटौंडा–४ आफन्तको घर आएकी ५५ बर्षीय महिला, भारतबाट फर्किएका हेटौंडा–२ का ६७ बर्षका पुरुष, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षका युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षका युवकको एन्टीबडी पोजेटिभ देखिएको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताए ।

उनीहरुमा कोरोना संक्रमण भएको वा नभएको पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरिएको उनले जानकारी दिए । हेटौंडा–१५ मा गरिएको र्‍यापिड टेष्टमा भने सबैको एन्टीबडी नेगेटिभ पाइएको छ ।

परिवारका सबैको स्वाब परीक्षण हुँदै

र्‍यापिड टेष्टमा पोजेटिभ पाइएकाको परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ ।

वागमती प्रदेशमा करिब १८ सय जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा वागमती प्रदेशका १० जिल्लामा गरिने वागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

वागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक १० जिल्लामा बुधबारसम्ममा १७ सय ९१ जनाको र्‍यापिड टेष्ट किटबाट जाँच गरिएको थियो । र्‍यापिड टेष्ट गरिएकामा ७ जना पोजेटिभ पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?