Comments Add Comment

‘३ महिनाको ब्याज छुट र घरभाडामा सहुलियत चाहियो’

५ वेशाख, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योग व्यवसायलाई ३ महिनाको ब्याज छुट चाहिने बताएका छन् । नेपाल राष्ट्र बैंकले केहि साता अघि ल्याएको भनिएको सहुलियत नाममात्रैको भएको भन्दै अध्यक्ष कटुवालले यसले साना तथा मझौला व्यवासायमा कुनै राहत नहुने बताए ।

लकडाउनसँगै सबै साना तथा मझौला उद्योग तथा व्यवसायहरु पुर्ण रुपमा बन्द भएको भन्दै उनले यसले लामो समयसम्म असर पर्ने बताए । ‘उद्योग बन्द्य भएका छन्, सटहरुमा ताल्चा लगाएका छन्’ अनलाइखबरसँगकाे कुराकानीमा उनले भने, ‘आम्दानी एक रुपैयाँ छैन् तर कर्मचारीलाई तलब र घरभाडा तिर्नै पर्छ अनि ऋणको ब्याज कसरी तिर्ने ?’

लकडाउन शुरु भएको एक महिना पुग्नै लागेको र अझै कतिसम्म लम्बिने ठेगान नभएको भन्दै उनले तत्कालका लागि सरकारले साना तथा मझौला उद्योग तथा व्यवसायहरुका लागि छुट्टै प्याकेज ल्याउनु पर्ने बताए ।

लकडाउन पछि सबै उद्योग धन्दा थलिएको भन्दै सरकारले तत्कालै प्याकेज नल्याए उठ्न नसक्ने बताए । ‘अहिले सबै क्षेत्र ठप्प छन्, खर्च ठूलो छ आम्दानी ठप्प छ यस्तो बेलामा त राज्यले सोच्नु प¥यो नि’ उनले भने, ‘अहिले तत्कालका लागि गर्ने भनेको ३ महिनाको ब्याज छुट र घरभाडामा सहुलियत हो ।’

राज्यले तत्कालै यति नगरे साना उद्योगहरुले मजदूरलाई खाईपाई आएको सुविधा समेत दिन नसक्ने उनले बताए । राज्यले साना तथा मझौला उदोगका लागि सहुलियत प्याकेज नल्याए त्यसको प्रत्यक्ष असर मजदूरलाई पर्ने भन्दै यस विषयमा सरकार गम्भीर बन्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment