Comments Add Comment

कसले फैलायो विराजले ८ लाख सहयोग गर्ने हल्ला ?

कोरोनाको त्रासका कारण नेपाल लकडाउनमा छ । दैनिक काम गरेर गुजारा चलाउनेहरु समस्यामा छन् । त्यस्ता व्यक्तिहरुको लागि चलचित्रकर्मीहरुले सहयोगको हात अगाडि बढाउँदै आएका छन् ।

चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई पनि चलचित्रकर्मीहरुले सहयोग गरिरहेका छन् । पल शाह, पूजा शर्मा, वर्षा राउत, दीपकराज गिरी, वर्षा सिवाकोटी, करिष्मा मानन्धर लगायतका चलचित्रकर्मीले सहयोगको हात अगाडि बढाइसकेका छन् ।

यस्तैमा, केही दिनदेखि सामाजिक सञ्जालमा नायक विराज भट्टले आठ लाख सहयोग गर्ने समाचार भाइरल भइरहेको छ । धेरैले उक्त समाचार सेयर गर्दै विराजको तारिफ गरिरहेका छन् ।

तर, विराज आफैँले भने उक्त घोषणा गरेका होइनन् । कोही अन्जान व्यक्तिले उक्त अपवाह फैलाएको विराजले बताए । कुराकानीको क्रममा उनले भने, ‘मैले अहिलेसम्म कुनै आर्थिक सहयोगको घोषणा गरेको छैन । आठ लाख सहयोग गर्न लागेको समाचार झुटो हो ।’

यस वर्ष विराज अभिनित एक चलचित्र रिलिज भएको थियो । ‘साङ्लो’ नामक उक्त चलचित्रबाट विराजले निर्देशकीय डेब्यु पनि गरेका थिए । तर, यस चलचित्रबाट विराजले घाटा बेहेर्नु परेको थियो । अहिले विराज आफ्नो परिवारसँगै बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment