+
+
Shares

जनकपुरधाममा पैसा छर्ने महिलाको र्‍यापिड टेस्ट पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते १९:४७

६ वैशाख, जनकपुरधाम । जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन् ।

दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको र्‍यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनले र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि दुबैलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए । ‘आइसोलेसन वार्डमा राखेर पीसीआर परीक्षणका निम्ति स्वाब संकलन गरिसकिएको छ’ निरौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?