
६ वैशाख, काठमाडौं । फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ ।
शनिबार फ्रान्सले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा तीन सय ६४ जना मानिसको मृत्यु भएको हो । यससँगै फ्रान्समा मृत्यु हुनेको संख्या १९ हजार तीन सय २३ पुगेको हो ।
अधिकारीहरुले दिएको जानकारी अनुसार फ्रान्समा अहिले आईसीयूमा राख्नुपर्ने बिरामीको संख्यामा लगातार १० औं दिनमा पनि कमी आएको छ ।
अहिलेसम्म फ्रान्समा समग्र संक्रमितको संख्या एक लाख ५० हजार नाघेको छ । साथै अहिलेसम्म ३५ हजारभन्दा बढी मानिस निको भइसकेका छन् ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4