+
+
Shares

अमेरिका–क्यानडा सिमाना थप ३० दिनका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते ५:३५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो (दायाँ) ।

७ बैशाख, काठमाडौं । क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।

कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार क्यानडामा ३४ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?