Comments Add Comment

बेकह्यामको नजरमा रोनाल्डो भन्दा मेसी उत्कृष्ट

७ वैशाख काठमाडौं । इंगल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले लिओनल मेसी उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीमा को राम्रो भन्ने बहस चलिरहेको बेला बेकह्यामले बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीलाई छानेका हुन् ।

रोनाल्डो र मेसीले पछिल्लो एक दशक व्यक्तिगत अवार्डमा एकछत्र राज गरेका थिए । दुई जनाले गरी कूल ११ बालोन डे ओर अवार्ड जितेका छन् ।

‘मेसी आफैँमा उत्कृष्ट खेलाडी हुन्छ । उनी जस्तो खेलाडी भेट्न असम्भव नै हुन्छ’ बेकह्यामले अर्जेन्टाइन न्यु एजेन्सी तेलमसंग भनेका छन् ‘खेलाडीको रुपमा र उनीस्तो अरु कोही छैन ।’

बेकह्यामले रोनाल्डो र मेसी अन्य खेलाडीहरु भन्दा राम्रो रहेको बताए । ‘उनीहरुको टेक्निक र ट्यलेन्टमा केही समनाता होला । उनीहरुले एउटै समयमा खेल्नु फुटबलको लागि राम्रो हो’ बेकह्यामले भने ‘तर मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

रोनाल्डोले बेकह्याम जस्तै म्यानचेष्टर युनाइटेड र रियल मड्रिडमा फुटबल खेले तर बेकह्यामविरुद्ध कुनै प्रतियोगितामा खेल्न पाएनन् । तर बेकह्यामले पीएसजीमा हुँदा सन् २०१३ को च्याम्पियन्स लिगमा मेसीविरुद्ध खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment