Comments Add Comment

करिश्माको प्रतिस्पर्धा कोसँग ?

नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी छिन् । कुनै समय करिश्माको यूग थियो, जतिबेला नेपालमा नायिका भनेकी करिश्मा हुन् भनेर दर्शकले सोच्थे ।

उनको सुन्दरता, अभिनयको चर्चा खुबै हुन्थ्यो । करिश्माको चलचित्र हेर्न दर्शकको भिड लाग्थ्यो ।

तर, अहिले समय बदलिएको छ । करिश्माको चर्चा अहिले पनि कम भएको छैन् । तर, उनको चर्चा चलचित्रको व्यापार वा अभिनयका कारण भन्दा पनि अन्य कारणले हुने गर्दछ ।

करिश्मा चलचित्रमा भन्दा बढी सामाजिक संजालमा सक्रिय देखिन्छिन् । तर, आजको समयमा पनि करिश्मालाई आफ्नो प्रतिस्पर्धा अरु कोही छन् भन्ने लाग्दैन ।

सामाजिक संजालमा आफ्नो पुरानो तस्वीर पोष्ट गर्दै करिश्माले आफनो प्रतिस्पर्धा आफू नै भएको लेखेकी छिन् ।

यसले के बुझिन्छ भने, करिश्मा आजको समयमा पनि चलचित्र क्षेत्रमा आफ्नो प्रतिस्पर्धा आफूलाई नै मानिरहेकी छिन् । तपाइलाई के लाग्छ, आजको समयमा करिश्माको प्रतिस्पर्धा को होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment