Comments Add Comment

काठमाडौंमा खान बस्न समस्या भए नेकपा नेतालाई फोन गर्न आग्रह

८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंभित्र लकडाउनको बेला खान र बस्नको समस्या भएर कसैलाई पनि राजधानी नछाड्न आग्रह गरेको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीले सोमबार सार्वजनिक अपिलमार्फत समस्यामा परेकाहरूलाई सम्पर्क गर्न नेकपा नेताहरूको मोबाइल नम्बरसमेत दिएको छ ।

लकडाउनको बेला पनि राजधानी छाडेर बाहिरिने क्रम नरोकिएपछि नेकपा काठमाडौंले खान र बस्नको समस्याले कसैले काठमाडौं छाड्नु नपर्ने जनाएको छ । नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले जारी गरेको अपिलमा समस्यामा परेकाहरूले सम्पर्क गर्न विभिन्न नेताहरुको नाम र नम्बरसमेत दिइएको छ ।

खान र बस्न समस्या परेकाहरू सम्पर्कमा आए स्थानीय तहसँग समन्वय गराइदिने अध्यक्ष कृष्ण राईले अनलाइनखबरसँग बताए । ‘यदि कसैले राहत पाएनौँ भनेमा हामी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गराइदिन्छौँ’ उनले भने ।

नेकपाले आ-आफ्नो टोलमा समस्यामा परेका व्यक्ति भेटिएमा उनीहरूको समस्या समाधानका लागि वडा, नगर र जिल्ला कमिटीहरूले समन्वय गर्ने समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment