+
+
Shares

पूजालाई बहिनी भन्दै सुष्माले दिइन् स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १२:५५

केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छन् ।

सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।

यो भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गाली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आलोचना गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् ।

सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’

सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?