+
+

एलआईसीको जीवन बिमा प्रिमियम लकडाउन खुलेपछि जरिवाना विना नै तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १४:२४

काठमाडौं । सन्त्रास र संकटको यस घडीमा एलआईसी नेपालले आफ्नो ग्राहकहरुलाई लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरेको छ । साथै जीवनबीमाको पि्रमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्णरुपमा खुले पछि मात्र तिर्न सूचित गरेको छ । लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कुरा पनि जानकारी गराएको छ ।

सोही क्रममा एलआईसी नेपालले आफ्नो विज्ञापन एजेन्सीको साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ । महामारीको समयमा रहेको जिवनशैली र एलआईसी नेपालले दिएको सुविधाहरुलाई प्रकाश पारिएको सो विज्ञापन केबल मोबाइल फोन प्रयोग गरि बनाइएको हो ।

आˆनो प्रकार मध्येको पहिलो विज्ञापन रहेको एलआईसी नेपालको यो विज्ञापन आफैमा उदाहरणीय रहेको कम्पनीले बताएको छ ।

अभिनेता राजेश रोय तथा अभिनेत्री साक्षी लम्सालले आ-आफ्नो भागलाई आफ्नै घरमा खिचेका हुन् । ब्लिज एड्भरटाइजिङ्ग एण्ड रिसर्च प्रालिका क्रिएटिभ प्रमुख राजेश रोयले स्कृप्ट लेखन, निर्देशन, सम्पादन तथा अन्तिम उत्पादन गरेका हुन् । एलआईसी नेपालले आफ्नो यो विज्ञापन मार्फत सबैलाई नियम र कानून कडाईका साथ पालना गर्न प्रोत्साहन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?