Comments Add Comment

गुल्मीमा आगलागीमा जलेर एक जनाको मृत्यु, ५ घाइते

८ वैशाख, गुल्मी । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो ।

एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् ।

आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए ।

घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताए ।

पसल सञ्चालक खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष हुन् । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment