+
+
Shares

सम्पर्कमा नबस्ने कर्मचारीलाई कारवाही गर्ने आयल निगमको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते २०:२६

८ वैशाख, काठमाडौं । नेपाल आयाल निगमले कार्यालयको काममा असहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार अन्तरविभागीय मेमो जारी गर्दै निगमले कार्यालयको सम्पर्क पहुँचबाहिर बस्ने कर्मचारीलाई नियमित काममा र्फकन आग्रह गरेको हो ।

सामाजिक दूरी कायम गर्दै नियमित काममा आउन भनिए पनि केही कर्मचारी फोन अफ गरेर बसेकाले आन्तरिक सर्कुलेसन जारी गरिएको नगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

‘निगमका गतिविधि अत्यावश्यक सेवामा पर्छ तर केही कर्मचारी सम्पर्कमा नभएको पाइएपछि सूचना जारी गरिएको हो,’ प्रवक्ता उपाध्यायले भने ।

धेरै कर्मचारीहरु फोन बन्द गर्ने तथा विभागीय प्रमुखसँग पनि सम्पर्कमा नबस्ने गरेपछि कडाई गर्नुपरेको उनले बताए ।

विभागीय प्रमुखसँग सम्पर्कमा नबस्ने तथा फोन नलागे हाजिरमा गयल जनाउ हुने तथा विनियमावलीअनुसार कारवाही गर्ने पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?