Comments Add Comment

संक्रमित भेटिएको स्थानको कन्ट्रयाक्ट ट्रेसिङ अन्तिम चरणमा

४७ को पीसीआर नतिजा नेगेटिभ, ८ जनाको आउन बाँकी

८ वैशाख, रौतहट । जिल्लाको इशनाथ नगरपालिका–८, मोतिपुरका १९ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि सुरु गरिएको कन्ट्रयाक्ट ट्रेसिङ अन्तिम चरणमा पुगेको छ ।

गत चैत्र १६ गते भारतको दिल्लीबाट फर्केर गाउँको क्वारेन्टाइनमा बसेका युवामा संक्रमण पुष्टि भएपछि थालिएको ट्रेसिङ अन्तिम चरणमा पुगेको हो । प्रादेशिक ल्याबबाट खटिएको टोलीले किशोरसँगै क्वारेन्टाइनमा रहेकाहरूको पीसीआर टेस्टसमेत गरेको छ ।

इशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले संक्रमितसँगै क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनका अनुसार, युवामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ५५ जनाको हालसम्म कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण गरिएको छ । यीमध्ये ४७ जनाको नतिजा नेगेटिभ आएको र अन्य ८ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

युवकमा कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका सदस्य क्वारेन्टाइनमा बसेका छन्. । ती युवाका आमा, बुवा, दुई भाइ र एक बहिनी होम क्वारेन्टाइनमा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment