Comments Add Comment

समूहमा नमाज नपढ्न सरकारको अपिल

९ वैशाख, काठमाडौं । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो ।

मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो एक महिना लामो हुन्छ । यसमा मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा गएर समूहमा नमाज पढ्ने र अन्तिममा भोज गर्ने गर्छन् । तर, कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सकेसम्म घरमा नै बसेर नमाज पढ्न तथा आफ्नो धर्मअनुसारका पूजा गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

जमातीहरूको परीक्षण गरिने

मुस्लिम आयोग र मन्त्रालयका अधिकारीहरूबीच भएको छलफलमा नेपालमा रहेका जमातीहरूलाई कोरोना भाइरसको परीक्षण दायरामा ल्याउने सहमति भएको छ ।

साथै, उनीहरू बसेको मस्जिद र आसपासका क्षेत्रमा पनि परीक्षण गर्ने र उनीहरूलाई मदरसामा क्वारेन्टाइनमा राखिनेछ । यसका लागि मुस्लिम आयोगले अनुगमन समितिसमेत बनाउनेछ र मस्जिदहरूमा गएर अनुगमन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment