+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

११४ नागरिकको निष्कर्ष- सरकारले बेमौसमी बाजा बजायो

अध्यादेश फिर्ता गर्न नागरिक समुदायको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १५:०६

१० वैशाख, काठमाडौं । विभिन्न पेशा व्यवसायमा संलग्न ११४ जना नागरिकहरूले सरकारबाट ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेका छन् । सरकारले ल्याएको अध्यादेशलाई नागरिक समुदायले ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन् ।

‘सोमबार हतारमा सरकारले जारी गरेको दल विभाजन गर्न पाउने प्रावधान र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बेमौसमी बाजा हो भन्ने हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ ‘यी दुवै अध्यादेश देशको लोकतान्त्रिक पद्दतिले आत्मसात गरेको संसदीय प्रक्रिया छल्दै संविधानले अङ्गीकार गरेका लोकतान्त्रिक मूल्य-मान्यता र संसदमा प्रतिपक्षको खबरदारी भूमिकालाई समेत लत्याउने किसिमका छन् ।’

नागरिक अगुवाहरुको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो नागरिकको गाँस, बास र कपासको व्यवस्थापन गर्न पनि चुकेको यो सरकारलाई सही तवरले यो संकट समाधानको व्यवस्था गर्न आग्रह गर्दै कुनै जाति, धर्म, वर्ग, लिंग वा समुदायप्रति लक्षित दुर्व्यवहारलाई तत्कालै सम्बोधन गर्दै समाधानको बाटो अपनाउन पनि जोडदार माग गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?