१० वैशाख, काठमाडौं । अस्पतालले डिस्चार्ज गरे पनि आफन्तहरु लिन आउन नभ्याएपछि धादिङका ३४ वर्षीय युवक आज घर जान पाएनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागर राज भण्डारीको अनुसार कोही आफन्त लिन नआएपछि उनी घर जान नपाएका हुन् ।
उनले भने, ‘अब यता होटलहरु सबै बन्द छ, कतै बस्न सक्ने कुरा भएन, लकडाउनको कारण धादिङबाट आफन्तहरु आजै आउन सकेनन् ।’
अस्पतालको निर्देशक राज भण्डारीका अनुसार धादिङमा रहेका उनका आफन्तहरुलाई ढिलो खबर पुगेको कारण तुरुन्त आउन नसकेका हुन् ।
सोही कारण नेत्रावत्री गाउँपालिकाको स्वास्थ्य संयोजकलाई अस्पतालले खबर गरिदिएको छ । गाउँपालिकाले उनलाई लिन बिहीबार एम्बुलेन्स पठाउने जनाएको छ । राजभण्डारीले भने, ‘उनी भोलि घर पुग्छन् ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4