+
+
Shares

कैलालीको हाट बजारमा बेवारिसे नोट भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १८:४२

१० वैशाख, कैलाली । कैलाली धनगढीस्थित त्रिनगर हाटबजारमा बुधबार बेवारिसे पैसा फेला परेको छ ।

हाटबजारमा ५० र १०० रुपैयाँका नोट फेला परेका हुन् । हाटबजारमा पाँचवटा ५० को र एउटा सयको नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

नोट कसले फालेको हो कि भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले हाट बजार बाट ३ सय ५० रुपैयाँ फेला परेको थियो । `हाट बजार भएकाले पैसा खसेको पनि हुनसक्छ,´ उनले भने, `कसैले त्रास सिर्जना गर्न पनि यस्तो गरेको हुन सक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।´

पैसा खसेको देखेपछि स्थानीय त्रसित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?