Comments Add Comment

विष सेवनबाट आमाछोरीको मृत्यु, छोरा गम्भीर

१० वैशाख, रौतहट । विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

रौतहटको मौलापुर नगरपालिका-१ बस्ने रामलाल महतो कोइरीकी ३५ वर्षीया पत्नी सोनावतीले मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

कोइरीको छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आईसीयुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उनले बताए । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment