
१० वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला फर्किन नपाएर काठमाडौंमा अलपत्र भएका मजदुरहरुलाई घर फर्काउन विभिन्न सवारी साधनलाई पास वितरण गरेको छ ।
बुधबार कार्यालयले जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायी संस्थालाई पत्र लेखेर पास वितरणबारे जानकारी दिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विभिन्न यातायात व्यवसायीहरूलाई पठाएको पत्रमा जिल्लाको सबै स्थानीय तहमा स्थायी घर भएका मजदुरहरूलाई घर फर्काउनको लागि शर्तसहित पास प्रदान गरिएको बताइएको छ । यो पासको म्याद वैशाख १० र वैशाख ११ गते दुई दिनसम्म तोकिएको छ ।
प्रशासनले यातायात व्यवसायीहरूलाई पठाएको पत्रमा जिल्लाका सबै स्थानीय तहहरूलाई बोधार्थ दिइएको छ । पास प्राप्त सवारी साधनले आफैँ सुरक्षाको प्रवन्ध गर्नुपर्ने लगायत शर्तहरू राखिएको छ ।
शर्त पूरा नगरी सवारी चलाउनेहरूको अनुमतिपत्र खारेज गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालय धादिङले दिएको सवारी पास
प्रतिक्रिया 4