Comments Add Comment

जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

११ अर्ब ७० करोड डलरको आर्थिक सहायता प्याकेज

११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई सय १५ जनाको मृत्यु भएको थियो । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई हजार तीन सय ५२ जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका मानिसहरुलाई सावधान तथा होसियार रहन आग्रह गरेकी छन् । उनले मानिसहरुलाई कोरोना भाइरसको आगामी चणको सामना गर्न तयार रहनुपर्ने बताएकी हुन् । उनले कोरोना भाइरसको महामारी अझै लामो समयसम्म रहन सक्ने उनको भनाइ छ ।

मर्केलले अहिले लगाइएको प्रतिबन्ध लोकतन्त्रका लागि चुनौती रहेको पनि बताएकी छन् । यसले मानिसको अधिकार सीमित गरेको भए पनि प्रेस स्वतन्त्रतालगायतका कुरा सहन पनि सहज भएको बताएकी छन् । उनले जर्मनीका मानिसहरुले एकअर्काप्रति देखाएको सद्भावको प्रशंसा गरिन् ।

११ अर्ब ७० करोड डलरको आर्थिक सहायता प्याकेज 

जर्मनीमा करिब ११ अर्ब ७० करोड अमेरिकी डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको सामाजिक प्रतिबन्धको कारण समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि जर्मनीले यस्तो निर्णय गरेको हो ।

यो आर्थिक सहायता प्याकेजको प्रयोग व्यवसायहरुको कर कटौती र अतिरिक्त रोजगारीको सुविधाको लागि प्रयोग गरिने बताइएको छ । त्यसका साथै आफ्ना बच्चाहरुलाई घरबाटै पढाउन अभिभावकहरुलाई पनि कम्प्युटर किन्ने खर्च प्रदान गरिनेछ ।

सरकारले ल्याएको योजना अनुसार घरमा नै बसेर लकडाउनमा काम गरिरहेका कर्मचारीहरुले पनि आफ्नो आम्दानीको निश्चित प्रतिशत रकम पाउनेछन् ।

जर्मनीले मुलुकमा प्रतिबन्ध हटाउने योजना अघि सारेसँगै आर्थिक सहायता प्याकेज पनि अघि सारिएको हो । कोरोना भाइरसको महामारीको कारण अहिले समग्र विश्व प्रभावित भएको छ । यो भाइरस नियन्त्रणका लागि धेरै मुलुकमा लकडाउन गरिएको छ । यसले विश्वअर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । यसअघि नै धेरै मुलुकहरुले आर्थिक सुधारको लागि भन्दै अर्बौं डलरको आर्थिक सहायता प्याकेज ल्याइसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment