Comments Add Comment

हृवावेद्वारा सन् २०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक

११ वैशाख, काठमाडौं । प्रतिवेदनमा गत वर्ष हृवावेद्वारा उत्कृष्ट व्यवसायिक कार्यप्रदर्शन गर्न सफल भएकोबारे उल्लेख गरिएको छ । हृवावे कम्पनीले सन् २०१९ मा बिक्रीमार्फत् आर्जन गरेको विश्वव्यापी आय ८५८.८ अर्ब चिनियाँ युआन रहृयो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि हो ।

सन् २०१९मा हृवावेको खुद नाफा ६२.७ अर्ब चिनियाँ युआन रहृयो। विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि ९१.४ अर्ब चिनियाँ युआन नगद प्रवाह गरिएको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि हो ।  प्राविधिक नवीनता तथा अनुसन्धानमा  गरिरहेको दीर्घकालीन लगानीको हिस्सास्वरूप सन् २०१९मा हृवावेले आˆनो आयको १५.३ प्रतिशत अर्थात् १३१.७ अर्ब चिनियाँ युआन लगानी गर्यो । रिसर्च एण्ड डिभेलपमेन्टमा हृवावेले गएको बितेको दशकमा गरेको खर्च ६०० अर्बभन्दा धेरै छ ।

“सन् २०१९ हृवावेका लागि एउटा अभूतपूर्व वर्ष रहृयो ।” हृवावेका हालका अध्यक्ष (रोटेटिङ चेयरम्यान) एरिक सु ले भने, “ठूलो स्तरमा वाहृय दबाब भएपनि हाम्रो टिमले सहकार्य गर्दै हाम्रा ग्राहकहरूका निम्ति महत्त्व दिने हाम्रो एकमात्र ध्यान रहृयो । विश्वभर रहेका हाम्रा ग्राहक र साझेदारहरूको आदर र विश्वास जित्न हामीले कडा मेहेनत गरेका छौँ । सोहीकारण व्यापार प्रदर्शन निकै उत्कृष्ट रहन सफल भयो । ”

प्रमुख सन्देश १ः अपेक्षित नोक्सान तथा विश्वव्यापी महामारीका बीच हृवावे कन्ज्युमर बिजनेश ग्रुपद्वारा बजार ट्रेन्ड्स विपरीत वृद्धि

– अमेरिकी सरकारले हृवावेलाई देशको राष्ट्रिय सुरक्षाका लागि जोखिमयुक्त भएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपछि त्यसको प्रभावहरू देखिँदा पनि हृवावेले सन् २०१९ मा उल्लेखनीय वृद्धि हासिल गर्न सफल भयो ।  कन्ज्युमर बिजनेसबाट प्राप्त आम्दानी ४,६७,३०४ मिलियन चिनियाँ युआन रहृयो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले वृद्धि हो । यसका साथै मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ६०० मिलियन भन्दा बढी रहेको छ ।

  • फेब्रुअरी महिनामा चुनौतीपूर्ण समयका क्रममा तुलनात्मक तथ्यांक काउन्टरपोइन्ट डाटाका अनुसार स्मार्टफोनको सिपमेन्ट अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले घट्न पुग्यो भने हृवावेको स्मार्टफोन सिपमेन्ट विश्वको उत्कृष्ट तीन स्थानभित्र पर्न सफल भयो । उदाहरणका लागि चीनमा हृवावे तथा हनर चाइनाको संयुक्त मार्केट सेयर ४३.४ प्रतिशत रहृयो जुन सन् २०१९ प|mेबुअरी महिनाको तुलनामा ९.६ प्रतिशतले र ज्यानुअरी २०२० को तुलनामा १.६ प्रतिशतले वृद्धि हो । -स्रोतः जीएफके)
  • हृवावे पी४० सिरिजको सार्वजनिक भएसँगै हृवावे पी४० सिरिजले ˆल्यागशीप फोटोग्राफी डिभाइसका रूपमा अझै लोकप्रिय रहेको छ । हृवावे पी४० प्रो प्लसको मूल्य एप्पलका हाइ-एण्ड मोडलहरूको सरह रहेको छ । यसको आकर्षक डिजाइनका साथमा हृवावे पी४० सिरिज प्रयोगकर्ताहरूले निकै रुचाएका छन् ।

प्रमुख सन्देश २ः हृवावेले विश्वव्यापी स्मार्टफोन इन्डष्ट्रीमा शीर्ष स्थान हासिल गर्दै उत्कृष्ट ३ भित्र पर्न सफल

  • नवीनता हृवावे ब्रान्डको आधार हो । अन्वेषण र नवीनताका लागि हृवावेका स्मार्टफोनहरू सुरुवातकर्ता मानिन्छ । यसमा शक्तिशाली प्रविधिहरू -फाइभ जी एसओसी चिपसेट, वाईफाई सिक्स प्लस, मोबाइल फोटोग्राफीदेखि कम्युनिकेशन टेक्नोलोजीमा जडित छन् जसले हृवावेलाई विश्वव्यावी रुपमा पहिलो र इन्ष्डट्रीको अग्रणी बनाएको छ।
  • रिचर्ड यू ले प्रेस सम्मेलन ‘टुगेदर २०२०’ सन्देशसहित गरे र कम्पनीले चाल्ने कदमहरूका बारेमा भिडियोमार्फत् जानकरी गराइयो।
  • सो भिडियोमा पहिलो पटक कसरी हृवावेले सˆटवेयर सर्भिसहरु तथा मोबाइल इकोसिस्टमलाई अग्रभागमा ल्याइदैँ छ भनेर देखाइएको थियो । ग्लोलाइजेसन तथा लोकलाइजेसनका माध्यमबाट नवीनतालाई जोड दिँदै हृवावेले यूरोप र अन्य भागमा रहेका अनलाइन कम्पनीहरूलाई अमेरिकामाथि निर्भर नभईकन डिजिटल उपस्थिति बनाउन सकिन्छ भनेर पनि नयाँ अवसरहरूका बारेमा जानकारी दिइएको थियो ।
  • ‘टुगेदर’ ले सामाजिक भावनालाई प्रतिनिधित्व गर्दछ जहाँ समान रुचि र चाहना भएका मानिसहरू एउटै ठाउँमा आई डिभेलपरहरू तथा प्रयोगकर्ताहरूलाई अनलाइन तथा अफलाइन दुवै माध्यमबाट तिनीहरूको स्थान पत्ता लगाउन सहयोग गर्छ ।

प्रमुख सन्देश ३ः १+८+एन ले एकसाथ काम गरी हृवावेको बिनाअवरोध एआई लाईफ स्ट्र्याटिजी ओभरसिजको मूलभावनालाई अघि बढाउन सघाउँछ ।

  • हालै सार्वजनिक समारोहहरूमा स्मार्टफोनहरू मात्र सार्वजनिक गरिदैँनन् । यसको साटो हृवावेका उत्पादनहरू पनि सार्वजनिक गरिन्छन् । अल-सिन्यारियो उत्पादनहरू र रणनीतिहरू यी सबै समारोहहरूमा उपस्थिति जनाउँदै आएका छन् र हृवावेको सिमलेस एआई लाइफ स्ट्र्याटिजीलाई ओभरसिज लैजाने गतिमा वृद्वि हुँदै गइरहेको छ ।
  • हृवावेको सिमलेस एआई लाईफ स्ट्र्याटिजी एउटा दीर्घकालीन रणनीतिक तथा प्राविधिकि योजना हो जुन हृवावेले लामो समयदेखि तयार पारेको हो । हृवावे सेयर र हृवावे मिटाइम जस्ता प्रविधिहरू जुन सबै हृवावेका योजनाका हिस्सा हुन् र आगामी पाँचदेखि दश वर्षसम्म कार्यान्वयनमा हुनेछ । यसले सबै प्रयोगकर्ताहरूलाई बिनाअवरोध एआईको अनुभव प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ जहाँ हार्डवेयर १+८+एन इकोसिस्टममार्फत् अन्तरजडित हुन्छ ।
  • एप्पलको कनेक्टिभिटीभन्दा फरक जुन एप्पल उत्पादनहरूमा मात्र सीमित हुन्छ हृवावेका १+८+एन एउटा खुला इकोसिस्टम हो । विश्वव्यापी साझेदारहरुसँग साझेदारी गर्दै हृवावेले वृहत् कभरेज तथा सिन्यारियोसहितको थप इन्टेलिजन्ट तथा बिनाअवरोध एआई लाइफ प्रस्तुत गर्नेछ ।

प्रमुख सन्देश ४ः  हृवावे सˆटवेयर तथा सर्भिसहरूले ग्राहकहरूलाई थप सुरक्षा र राम्रो विकल्पहरू प्रस्तुत गर्दछन् ।

  • अल-सिन्यारियो उत्पादनहरूमा भएको निरन्तरको सुधारले अल-सिन्यारियो इकोसिस्टको डिमान्ड बढाएको छ । हृवावे र एप्पल मात्र दुई डिभाइस कम्पनीहरू हुन् इन्डष्ट्रीमा जसले आˆनै सˆटवेयर तथा हार्डवेयर सिस्टमहरू निर्माण गरेका छन् ।
  • सन् २०२० हृवावेलाई इकोसिस्टम निर्माण गर्ने सुरुवाती वर्ष हो । हृवावेले थप साझेदारहरू तथा डिभेलपरहरूसँ सहकार्य गर्दै विश्वभर रहेका प्रयोगकर्ताहरूका निम्ति थप र परिष्कृत विकल्पहरू प्रदान गर्न हृवावेको सˆटवेयर तथा सर्भिस इकोसिस्टम ल्याउँदै छ । मार्च ८ मा बीबीसी स्टुडियोजले हृवावे भिडियोसँग सहकार्य गर्ने घोषणा गरेको थियो जसमा विभिन्न २६ क्षेत्रहरूका हृवावेका प्रयोगकर्ताहरूलाई बीबीसीका तर्फबाट ३ सय घण्टाको भिडियो सामग्री उपलब्ध गराइनेछ ।
  • हृवावेले प्रभावकारी विकासका लागि ग्लोबल डिभेलपरहरूलाई टुलहरू प्रदान गर्दछ । यी टुलहरूले डिभेलपरहरूलाई एउटा उत्पादन क्रियट गर्न र तिनलाई कैयौँ उत्पादन क्याटगोरीहरूअन्तर्गत राख्दै प्रत्येक प्लेटर्फममा कम्प्याटिबिलिटी पनि प्रत्याभूत गर्दछ ।एपग्यालरीमार्फत् हृवावेले प्रयोगकर्ताहरुलाई थप विकसित तथा सुरक्षित, लोकलाइन्जड तथा नवीन अनुभव प्रदान गर्दछ ।

‘अगाडि बढ्दै जाँदा वाहृय वातावरण थप जटिल बन्दै जाने,’ सु ले सचेत गराउँदै भने ‘हामीले हाम्रा उत्पादनहरू तथा सेवाहरूका प्रतिष्पर्धात्मक स्तर बढाउन, खुला अन्वेषणको प्रबर्धन गर्नुपर्छ र हाम्रा ग्राहक तथा समाजका लाग थप महत्व सिर्जना गर्न हामी लागि पर्नेछौँ । यो डिजिटल तथा इन्टेलिजन्ट रुपान्तरणद्वारा प्रदान ऐतिहासिक अवसरहरू लिनका लागि एकमात्र तरिका हो र दीर्घकालसम्म सुदृढ वृद्धि कायम गर्ने तरिका पनि हो ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment