+
+
Shares

स्वतन्त्रता दिवसका अवसरमा टर्कीस एयरले बनायो आकासमा राष्ट्रिय झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १६:२८

११ वैशाख, काठमाडौं । कोरोना भाइरस र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिवन्धपछि संसारभर ठूलो संख्यामा हवाईजहाज ग्राउण्डेड भएका छन् । उडेका केही जहाज पनि कार्गो र चार्टर्ड उडानमा केन्द्रित छन् । यसै सन्दर्भमा खाली रहेको समय उपयोग गर्दै टर्कीस एयरले टर्कीको आकासमा बिहीबार सिर्जनात्मक कला प्रदर्शन गरेको छ ।

टर्की एयरको बोइङ ७७७–३ एफ २ जहाजले आकासमा टर्कीको राष्ट्रिय झण्डा बनाएको हो । आज टर्कीले २३ औं स्वतन्त्र तथा दिवस तथा बाल दिवस मनाइरहेको छ । सोहीअवसरमा टर्कीस एयरले आफ्नो मुलुकको आकासमा राष्ट्रिय झण्डाको आकारमा उडेको हो ।

यसलाई फ्लाइट राडार २४ ले रेर्कड गरेको हो । फ्लाइट राडार २४ का अनुसार टर्की एयरले संसारकै ठूलो राष्ट्रिय झण्डा टर्कीको आकासमा प्रर्दशन गरेको हो । टर्कीको अंकाराबाट उडेको जहाज सोही विमानस्थलमा अवतरण गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?