Comments Add Comment

कतारमा मास्क नलगाए तीन वर्षसम्म जेल

११ बैशाख, कतार। कतार सरकारले कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

नेपाली दूतावास दोहा कतारले बिहिवार आफ्नो पेज मार्फत जेल जीवन बिताईरहेका नेपालीहरुलाई कतार सरकारले आममाफी दिने घोषणा गरेको जानकारी दिएको हो ।

बिश्व नै कोरोना संक्रमणको महामारी रहेको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कैदीहरुलाई आममाफी दिने घोषणा सार्वजनिक गरिएको हो ।

दूतावासले कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु रिहाई हुने जानकारी दिएको छ । रिहाई हुनेहरुमा १३ जना लागू औषध कोरोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

यसैबीच कतारको मन्त्रिपरिषद्ले आइतबार, २०२० अप्रिल २६ देखि लागू हुने गरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको छ ।

उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नं. १७ बमोजिम अधिकत्तम तीन वर्ष जेल सजाय वा कतारी रियाल दुई लाख सम्म जरिवाना वा दुवै सजाय हुने छ । निर्देशनको पालना गर्नु/गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment