+
+
Shares

पर्साको पचरुखीमा राहतको नाममा कुहिएको चामल ! 

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते २०:२३

१२ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीमा वितरण गरिएको राहतका खाद्यान्न मध्ये चामल कुहिएको पाइएको छ । वैशाख ६ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वितरण गरिएको राहतको चामल कुहिएको पाइएको हो ।

वडाले वैशाख ६ गते पचरुखी र भिगना टोलका २ सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरेको थियो । त्यस दिन राहत लिएका मध्ये केहीले चामल खान योग्य नरहेको गुनासो गरेका छन् । उनीहरुले चामल सडेको पाइएपछि स्थानीय अगुवामार्फत सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

राहतमा वितरण गरिएको चामलको बोराभित्र चामल डल्लो परेको र सडेको अवस्थामा भेटिएको स्थानीय बताउँछन् । स्थानीय नथुनी मियाँ हजाम, रामकरण पटेल, महम्मद रसिक मियाँ, लक्ष्मण माझी, जिउत माझी लगायतले राहतमा सडेको चामल परेको गुनासो गरेका छन् ।

सोही दिन वडा नं ६ का लागि पालिकाले पठाएको ८४ पोका राहत पचरुखीमा लुटिएको पनि थियो ।

तर नगरपालिकाका प्रमुख लोकनारायण यादवले भने राहतको चामल कुहिएको हुनै नसक्ने दाबी गरेका छन् । उनका अनुसार पालिकाको ९ वटा वडा मध्ये ८ वटामा राहत वितरण भइसकेको तर कतैबाट यस्तो गुनासो आएको छैन ।

‘१० दिनदेखि राहत वितरण गरिरहेका छौं, कतैबाट यस्तो गुनासो आएको छैन । किनकी हामीले फ्रेस चामल दिएका छौं, ’ नगर प्रमुख यादवले भने, ‘ पचरुखीमै राहत लुटियो, अहिले त्यहीँबाट कुहिएको चामल परेको कुरा आएको छ । यसैमा राजनीति गर्ने व्यक्ति पनि सक्रिय छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?