+
+
Shares

पाकिस्तानमा ९ मेसम्म लकडाउन लम्ब्याउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ९:०९

१३ बैशाख, काठमाडौं । पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो ।

शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले जिम्मेवार भएर लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन् । उनले सबै मानिस जिम्मेवार नहुने हो भने लकडाउनमा थप कडाइ गरिने चेतावनी पनि दिएका छन् ।

पाकिस्तानले मुस्लिमहरुको पर्व रमजानमा सामाजिक दूरी कायम गर्दै प्रार्थना गर्न अनुमति दिएको छ ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार सात सय नाघिसकेको छ भने यसबाट दुई सय ४८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : द डान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?