Comments Add Comment

तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

१३ वैशाख, काठमाडौं । काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा प्रहरी जवान राधा कुमारी चन्द रहेको प्रहरी स्रोतले बताएको छ ।

ड्युटीमा खटिएकी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । दुर्घटनालगत्तै केएमसी अस्पताल सिनामंगलमा लगिए पनि केएमसीले बीएण्डबी अस्पताल रिफर गरेको हो ।

ठक्कर दिने कार र त्यसका चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment