Comments Add Comment

लकडाउनका बेला दाङमा सडकका चार योजना सुरु

१४ वैशाख, दाङ । लकडाउन जारी रहेकै बेला सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणका काम सुरु भएका छन् । लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिले ती योजनाका काम सुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीको पुल र घोराही उपमहानगरपालिका वडा नं. १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको उनले जानकारी दिए ।

अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूर सहज उपलब्ध नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उनको भनाइ छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउन थालेको छ । त्यसका लागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले बताए ।

साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ ।

सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment