Comments Add Comment

ट्रम्पले रोके दैनिक प्रेस कन्फ्रेन्स

१४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा हुँदै आएको दैनिक प्रेस कन्फ्रेन्स बन्द गरेका छन् । ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा यो प्रेस ब्रिफिङले असर पार्नसक्ने सुझाव दिएसँगै उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेका हुन् । नियमितरुपमा हुने प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्ने गरेका छन् । यसको अमेरिकामा आलोचना पनि हुने गरेको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा प्रेस ब्रिफिङको कुनै अर्थ नरहेको बताएका छन् । हालै मात्र उनले प्रेस ब्रिफिङमा प्रमाणित नभएको र गलत मेडिकल सुझाव दिएका थिए । यसैलाई लिएर अहिले उनको आलोचना भइरहेको छ ।

ट्रम्पले ट्वीट गर्दै यो ब्रिफिङमा पक्षपाती मिडियाले शत्रुतापूर्ण प्रश्न मात्र गर्ने गरेको आरोप लगाए । उनले त्यस्ता मिडियाले तथ्यलाई कहिले पनि प्रकाशित नगरेको र अमेरिकी नागरिकलाई सधैं गलत समाचार फैलाएको आरोप लगाए । त्यसैले यसमा समय दिनु बेकार रहेको उनको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment