Comments Add Comment

साउदीमा मक्काबाहेकका क्षेत्रमा आशिंकरुपमा कर्फ्यु हटाउने निर्णय

१४ वैशाख, काठमाडौं । साउदी अरेबियाका राजा सलमानले सबै क्षेत्रमा लगाइएको कर्फ्यु आशिंकरुपमा हटाउन निर्देशन दिएका छन् । यद्यपि मक्का र यसअघि नै लकडाउन गरिएको छिमेकी क्षेत्रमा भने कर्फ्यु जारी रहनेछ ।

साउदीको आधिकारिक सञ्चारमाधयमले दिएको जानकारी अनुसार आइतबारबाट साउदी अरेबियामा बिहान ९ बजेदेखि अपराह्नको पाँच बजेसम्म कर्फ्यु हटाइनेछ । आइतबारदेखि सपिङ मल, होलसेल र मुद्रा पसल खोल्ने अनुमति दिइनेछ ।

अहिलेसम्म साउदी अरेबियामा १६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि १३६ पुगिसकेको छ ।

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजान सुरु भइसकेको अवस्थामा साउदी अरेबियाले मक्कामा भने पूर्णकालीन कर्फ्यु जारी राखेको हो । अरु वर्षमा यो पर्वमा विभिन्न मुलुकबाट उल्लेख्य संख्यामा मानिसहरु मक्का आउने गर्थे ।स्रोत : अल जा जीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment