Comments Add Comment

लकडाउनको सदुपयोग : यसरी घरमै रहन सकिन्छ स्वस्थ र खुसी

घरको चौघेराभित्र बसिरहँदा तपाईंले आफुलाई थुनिएको वा गुम्सिएको महसुष गर्नुभएको छ कि परिवारसँग एकाकार भएको अनुभूत ? यो तपाईंको सोच्ने शैली र काम गर्ने तरिकामा भर पर्छ । यदि तपाईं निस्क्रिय रहनुहुन्छ, कुनै काम गर्नुहुन्न, मनोरञ्जन गर्नुहुन्न भने पक्कै पनि तपाईंको दिनहरु पट्यारलाग्दा छन् ।

तर, तपाईं रमाइलो गर्ने प्रवृत्तिका, रचनात्मक क्षमताका, सक्रिय र गतिशिल हुनुहुन्छ भने तपाईंको लागि लकडाउन गजबको अवसर हुनेछ, परिवारसँग रमाइलो गर्ने । त्यसो त कतिपय शारीरिक अभ्यासले पनि दिक्कलाग्दो दिनहरुलाई रहरलाग्दो बनाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत प्रति हप्ता १५०–३०० मिनेट मध्यम, गहन र मांसपेशीलाई सुदृढ पार्ने शारीरिक अभ्यास गर्न सिफारिश गरेको छ । हप्तामा कम्तीमा २ दिन यस्तो अभ्यास गर्नु आवश्यक छ । सक्रिय रहनु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । यहाँ शारीरिक रुपमा स्वस्थ रहन गरिने केही ब्यायामका विधिहरु दिइएका छन् ।

डा. हुल्सा पौडेल

– तपाईंको मनमा उत्पन्न हुने जिज्ञासा र तिनका उत्तरहरु दिइएका छन् । तिनलाई मनन गर्नुहोस् ।

के मैले महामारी मा पनि व्यायाम गर्न सक्छु ?

हो सक्नुहुन्छ । मध्यम तथा तीव्रता व्यायाम गर्दा तनाव कम हुनुका सार्थ तपाईंको उर्जाको स्तर सुधार हुन्छ । यसले रोग प्रतिरोधात्मकता बढाउन मद्दत गर्दछ । तर, असुरक्षित उच्च, तीव्रता उच्च खालको व्यायाम प्रशिक्षकको निगरानीबिना गर्दा तपाईंको प्रतिरक्षा प्रणालीलाई दबाउन सक्छ । त्यसैले तपाईंको शरीरले धान्ने मात्र ब्यायाम गर्नुहोस् । ब्ययाम गर्दा तपाईंलाई सजिलो महसुस हुनुपर्छ ।

–  म क्वारेन्टाइन भित्र छु, तर संक्रमित छैन । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईंसँग रोगको कुनै लक्षण छैन भने पनि यस्तो बेला शारीरिक गतिविधि नगरेर निस्क्रिय बस्नु हुँदैन । तपाईंलाई खोकी, ज्वरो आएको छ वा सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीसँग सहल्लाह भने लिइहाल्नु पर्छ ।

-म संक्रमित भएर क्वारेन्टाइनमा बसिरहेको छु । के मैले शारीरिक गतिविधि सीमित गर्नु पर्दछ ?

यदि तपाईं संक्रमित तर एसिम्प्टोमेटिक हुनुहुन्छ भने तपाईंले संक्रमण देखिनुअघि गर्दै आएको शारीरिक व्यायामलाई निरंतरता दिनु पर्दछ । यस समय तपाईं क्वारेन्टाइनमा बस्नु आवश्यक छ । अरूलाई भाइरस फैलाउनबाट रोक्न तपाईंले अरुसँग दुरी कायम गर्नु पर्दछ । यद्यपि तपाईलाई खोकी, ज्वरो वा सास फेर्न गाह्रो भए शारीरिक गतिविधिलाई बन्द गर्नुहोस् । स्वास्थ्यकर्मीसँग तुरुन्तै सल्लाह लिनुहोस् ।

– यस्तो बेला हामी एकअर्कालाई सहयोग गर्न के गर्न सक्छौं ?

प्रत्येक व्यक्ति सक्रिय रहँदा सामाजिक रुपमा जिम्मेवार हुनुपर्छ । हरेकले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ । ती भूमिकाहरु हुन्ः

सामाजिक दूरी कायम गरेर शारीरिक अभ्यास गर्दै घरमा रहनुस् ।

उपयुक्त विधिबाट साबुन पानीले हात धुनुका साथै व्यक्तिगत स्वच्छतालाई पालन गर्नुहोस् ।

प्रत्येक पटक कुनै उपकरण प्रयोग गर्नुअघि र पछि कीटाणुनाशक (स्यानिटाइजर) प्रयोग गरेर निर्मलिकरण गर्नुहोस् ।

लेखिका फिजियोथेरेपिस्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment