
नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् ।
उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् ।
उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।
मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको छ । उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् ।
यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4