Comments Add Comment

कोरोना भाइरसको महामारीमा क्युबाको प्रशंसा

१४ वैशाख, काठमाडौं । क्युबाले शनिबार दक्षिण अफ्रिकामा २१६ स्वास्थ्यकर्मीको टोली पठाएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीमा क्युबाले विश्वभरका लागि २० मेडिकल टोली पठाइसकेको छ । केही मानिसहरु यसलाई सामाजिक एकताको संज्ञा दिइरहेका छन् भने केहीले यसलाई क्युबाको कूटनीति भएको बताइरहेका छन् ।

वामपन्थी शासन व्यवस्था भएको क्युबाले कोरोना भाइरसको कारण अहिले संकटमा परेका अफ्रिकी तथा निकट सम्बन्ध भएका मुलुकमा करिब एक हजार दुईसयभन्दा धेरै स्वास्थ्यकर्मी पठाइसकेको छ । यहाँसम्म कि क्युबाले युरोपको सम्पन्नमध्येको एक मुलुक इटालीमा पनि आफ्ना स्वास्थ्यकर्मीहरु पठाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशासनले भने क्युबाले पठाएको स्वास्थ्यकर्मी स्वीकार नगर्न आग्रह गरेका छन् । यद्यपि क्युबाले जुन मुलुकमा स्वास्थ्यकर्मीहरु पठाएको छ, त्यहाँ उनीहरुको सम्मान भइरहेको छ ।

क्युबामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ३३७ पुगेको छ । साथै, अहिलेसम्म ५१ जना मानिसको मृत्यु भएको छ । क्युबामा प्रतिव्यक्ति डक्टरको उपलब्धता सबैभन्दा धेरै छ । महामारी नियन्त्रणमा सधैं क्युबाको स्वास्थ्य स्याहार प्रणालीको प्रशंसा हुने गरेको छ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखीज क्युबाको सबैभन्दा राम्रो पक्ष त्यहाँको सामुदायिक स्वास्थ्य सेवा रहेको बताउँछन् । उनीहरुको मोडल आफूलाई मन पर्ने उनको भनाइ छ । अहिलेसम्म दक्षिण अफ्रिकामा चार हजार चीन सय ६१ संक्रमित फेला परेका छन् ।

साथै अहिलेसम्म ८६ जनाको मृत्यु भइसकेको छ । दक्षिण अफ्रिकाको क्युबासँग निकै राम्रो सम्बन्ध रहँदै आएको छ । क्युबाका सैनिकले दक्षिणी एंगोलामा लडाइँ लडेको थियो र नेल्सन मण्डेलालाई जेलमुक्त गर्न सहयोग गरेको थियो । नेल्सन मण्डेलाले जेलबाट रिहा भएपछि फिडेल कास्ट्रोलाई धन्यवाद पनि दिएका थिए ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment