Comments Add Comment

धनकुटा हिलेमा दर्जनौं घरको भाडा मिनाहा

१४ वैशाख, धनकुटा । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष र उपाध्यक्षसहित धनकुटा, हिले बजारका एक दर्जन बढी घरधनीहरुले लकडाउन अवधिको घरभाडा मिनाहा गरेका छन् ।

लकडाउनका कारण व्यापार, व्यावसाय बन्द भएकाले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकका घरधनीहरुले आफ्नो घरमा बस्नेहरुको भाडा मिनाहा गरेका हुन् ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्द्र विष्टका साथै हिले बजारका थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले तीनवटा घरको भाडा पूरै मिनाहा गरिदिएका छन् ।

हाल बेलायतमा बस्दै आएका थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले २०६२/२०६३ सालमा पनि जनआन्दोलनको समयमा पसल बन्द हुादा व्यापारी तथा व्यावसायीलाई पुरै घरभाडा छुट गरिदिएका थिए ।

यसअघि नै धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठ र धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री, निरबहादुर गोङ्देन लगायत एक दर्जन घरधनीहरुले व्यवसायीहरुलाई घरभाडा छुट गरिसकेका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएकाले लकडाउन अवधिभरको भाडा छुट गरिदिन संघका अध्यक्ष विजयसन्तोषी राईले जिल्लाका सबै घरधनीहरुसाग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment