Comments Add Comment

कोरोना बीमामा आकर्षण, एक हप्तामै ५७ लाख बीमा शुल्क संकलन

१४ वैशाख, काठमाडौं । विपन्न वर्गहरुलाई लक्षित गर्दै ल्याइएको ‘कोभिड–१९ बीमा’ पोलिसीमा आकर्षण देखिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले ट्रायालका लागि ल्याएको बीमा पोलिसीमा सर्वसाधारणको आकर्षण देखिएको बताएका हुन् ।

‘हामीले यो कत्तिको प्भावकारी हुन्छ भनेर न्युन आए भएका नागरिकहरुलाई लक्षित गरेर ल्याएका थियौं’ अध्यक्ष चापागाईंले भने, ‘ट्रायलको लागि ल्याएको भए पनि यसमा निकै आकर्षण देखिएको छ ।’

यो बीमा योजनालाई थप कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको अध्यक्ष चापागाईंले बताए । अध्यक्ष चापागाईंले कोरोनाको कारण यसपाली बीमा कम्पनीहरुको नाफामा पनि असर पर्ने बताए । यद्यपि, बोनसमा भने खासै असर नपर्ने उनको अनुमान छ ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीहरुलाई पनि कोरोनाको असर परेको बताए । कोरोनाका कारण अहिले नयाँ पोलिसी जारी गर्न अप्ठेरो रहेको उनले बताए ।

उनका अनुसार जीवन बीमा कम्पनीहरु अहिले पोलिसी नविकरणतर्फ केन्द्रीत भएका छन् । उता निर्जिवन बीमा कम्पनीहरुले भने अनलाइनमार्फत नै धमाधम कोभिड–१९ बीमा गराइरहेका छन् ।

निर्जिब बीमक संघका उपाध्यक्ष एनपी प्रधानले पछिल्लो एकसातामा ७१९ वटा पोलिसी बिक्री गरिएको जानकारी दिए । उनका अनुसार १० हजार ७ सय २९ सदस्यको बीमा बीमाबाट ५७ लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment