Comments Add Comment

मेडिकलबाट लागुऔषध बरामद, सञ्चालक पक्राउ

१४ वैशाख, बुटवल । पाल्पामा प्रहरीले मेडिकलबाट गाँजा र विभिन्न प्रकारका अन्य लागुऔषधसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा तानेसन नगरपालिका-६ वर्तुङस्थित सरस्वती मेडिकल हलका सञ्चालक सरस्वती खानाल र उनको छोरा प्रकाश र विवेक रहेका छन् ।

प्रकाशलाई सोधपुछपछि छोडिएको र अन्य दुईजनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

मेडिकल हलबाट लागुऔषध बिक्री भएको सूचनाको आधारमा खानतलासी गरी टाडोमल हाइड्रोक्लोराइड, क्याप्सुल आईपी ट्रामोल-५० तीन हजार २९५ क्याप्सुल र तीन सय ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

अवैध औषधि सरस्वतीको छोरा विवेक कार्की सुत्ने कोठामा प्रेसर कुकुरभित्र भेटिएको थियो । उक्त क्याप्सुल ग्राहकसमक्ष भने प्रकाश कार्कीले लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।

प्रहरी निरीक्षक सुरज श्रेष्ठ, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, सूचना अधिकृत दुर्गा थापा, स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपाने लगायतको टोलीले मेडिकलमा अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment