Comments Add Comment

इटलीमा लगातार तीन दिनसम्म मृतक संख्या घट्यो, लकडाउन खुकुलो बनाइने

१५ वैशाख, काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार घट्दै गएपछि सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी भएको छ ।

भाइरसको संक्रमण फैलिन नदिन मार्च महिनाको मध्यदेखि लगाइएका कडा प्रतिबन्धका प्रावधान मे महिनाको चार तारेखदेखि खुकुलो बनाउने प्रधानमन्त्री गुइसेपे कोन्टेले बताएका छन् ।

उनले मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाई आफन्तहरुलाई भेट्न दिने बताएका छन् । त्यस्तै पार्कहरु पनि खुल्ने, तर विद्यालय भने सेप्टेम्बर महिनाअघि नखोल्ने तयारी छ ।

इटलीमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या घटेर १४ मार्चअघिको अवस्थामा पुगेको छ । यहाँ आइतबार २ सय ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटलीमा लगातार तीन दिन मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । यसअघि शनिबार ४ सय १५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु हुने देशमा अमेरिकापछि इटली रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यहाँ मृत्यु हुनेको संख २६ हजार ६ सय ४४ पुगेको छ ।

इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । इटालीका अधिकारीहरुले भाइरस र्संक्रमणको दर विस्तारै घट्दै गएको र लकडाउन खुकुलो पार्न उपयुक्त अवस्था भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment