Comments Add Comment

लकडाउन खुकुलो पार्ने तयारीमा इरान

१५ वैशा, काडौं । इरानले मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को असर कम हुँदै गएको स्थानमा मस्जिद खोल्ने तयारी गरेको छ । आइतबार इरानका राष्ट्रपति हसन रौहानीले विस्तारै मुलुकमा लगाइएको लकडाउन हटाइने पनि बताए । इरान कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुकमध्येको एक हो ।

राष्ट्रपतिको वेबसाइटका अनुसार इरानमा कोरोना भाइरसका संक्रमितको आधारमा विभिन्न क्षेत्रलाई ह्वाइट, येलो र रेड क्षेत्रमा विभाजन गरिनेछ । यसको आधारमा यी क्षेत्रको गतिविधिमा रोक लगाइने छ । पछिल्लो समय निरन्तर कोरोना भाइरसका बिरामीको संख्यामा कमी आइरहेको क्षेत्रलाई ‘ह्वाइट जोन’मा राखिनेछ । यस्ता क्षेत्रमा मस्जिद खोल्न सकिनेछ ।

अहिले इरानमा एक सय १६ क्षेत्रलाई ह्वाइट र एक सय ३४ क्षेत्रलाई येलो जोनमा विभाजन गर्न सकिने उप स्वास्थ्यमन्त्री इराज हरिरचिले बताएका छन् । इरानमा पछिल्लो समय कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा कमी आएसँगै सरकार प्रतिबन्ध हटाउने दिशामा अघि बढेको हो । अपि्रल १४ यत इरानमा कोरोना भाइरसबाट एकैदिनमा मृत्यु हुनेको संख्या एक सयभन्दा कममा झरेकेा छ ।

आइतबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इरानमा ६० जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यससँगै इरानमा समग्र मृत्यु हुनेको संख्या पनि पाँच हजार सात सय १० पुगेको छ । साथै संक्रमितको संख्या पनि ९० हजार नाघेको छ । स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment