+
+
Shares

स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी : बोल्दा विचार गर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते ११:१५

१५ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ ।

मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरूलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

साथै करार, ज्यालादारीमा चिकित्सकहरू नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ ।

एक अन्तर्वार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?