+
+
Shares

बरुणले अंकल भनेपछि सलमानले दिए थप्पड हान्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १२:४३

बलिउड अभिनेता सलमान खानले अर्का अभिनेता बरुण धवनलाई निकै प्रेम गर्छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा उनीहरुको प्रेम झल्किन्छ । बरुणले पनि सलमानलाई निकै सम्मान गर्छन् ।

तर, उनै सलमानले बरुणलाई एक पटक थप्पड हान्ने धम्की दिएका थिए । बरुण चलचित्र क्षेत्रमा आउनु पूर्व नै सलमानले बरुणलाई उक्त धम्की दिएका हुन् ।

बरुण र सलमानको पहिलो भेट चलचित्र सम्बन्धी नै एक कार्यक्रममा भएको थियो । त्यहाँ चलचित्र क्षेत्रमा धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुगेका सलमानका ठुलो फ्यान बरुणले सलमानलाई ‘अंकल’ सम्बोधन गर्छन् । बरुणको अंकल शब्दले सलमानको पारो तात्यो । र सलमानले भने, ‘अबदेखि मलाई अंकल भनेको सुने भने एक थप्पड मार्दिन्छु ।’

बलिउडमा सलमानलाई धेरैले ‘भाईजान’ सम्बोधन गर्ने गर्छन् । त्यहीँ शब्द सलमानलाई प्यारो छ । त्यो माथि अंकल भनेर बुढो देखाएपछि सलमान नरिसाउन पनि कसरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?