Comments Add Comment

सनराइज बैंकको ‘मुद्दती निक्षेप खाता’ घरबाटै खोल्ने सकिने

१५ वैशाख, काठमाडौं । सनराइज बैंकले घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैकंले ‘सनराइज मार्ट’ बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको जनाएको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ ।

उक्त खातामा ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । मुद्दतीको न्यूनतम अवधि ३ महिना रहने छ । उक्त खाता खोल्दा कुनैपनि शुल्क नलाग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment